
श्रीनगर, 03 मई (हि.स.)। उपराज्यपाल मनोज सिन्हाले आइतवार श्रीनगरमा लागू औषधिहरूको दुरूपयोग तथा नार्को आतङ्कवाद विरोधी अभियानको थालनी गर्दै जम्मू-कश्मीरबाट यस जोखिमलाई निमिट्यान्न पार्ने प्रशासनको प्रतिबद्धतालाई पुष्टि गरे। उपराज्यपाल कार्यालयको अगुवाईमा सञ्चालित यस पहलको उद्देश्य लागू औषधिहरूको प्रसारमाथि लगाम लगाउनु, यसको सम्पूर्ण माखे जाललाई नै निर्मूल पार्न तथा क्षेत्रमा नार्को-आतङ्कवादको बढ़्दो खतरालाई सम्बोधन गर्ने प्रयासहरूलाई तीव्रता दिनु हो।
अधिकारीहरूले बताए, अभियानमा कानून प्रवर्तन एजेन्सीहरूद्वारा समन्वित कारबाही, जागरूकता अभियान तथा नशालु पदार्थहरूको तस्कर र यसको नेटवर्कलाई चिन्हित गरी कारबाही गर्नको लागि कड़ा निगरानी सामेल रहेको छ।
उपराज्यपालले युवाहरू, नागरिक समाज तथा समुदायका नेताहरूसित लागू औषधविरूद्ध लड़ाईँमा सक्रिय रूपमा सहभागी हुने आग्रह गर्दै सामूहिक जिम्मेवारीको आवश्यकतामाथि बल दिए। उनले दोहोऱ्याए, प्रशासनले मादक पदार्थहरूको तस्करी औ सम्बन्धित गतिविधिहरूमा सामेल मानिसहरूप्रति शून्य-सहिष्णुताको नीति अप्नाउनेछ। यो अभियान नशामुक्त समाज सुनिश्चित गर्न तथा युवाहरूको भविष्यको सुरक्षाको लागि जम्मू-कश्मीर प्रशासनको व्यापक रणनीतिको एक भाग हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा