
इम्फाल, 03 मई (हि.स.)। हिंसा प्रभावित मणिपुरमा शान्ति व्यवस्था कायम राख्नको लागि पुलिस एवं सुरक्षा बलहरूले निरन्तर अभियान सञ्चालन गरिरहेका छन्। यसै क्रममा बितेको 24 घण्टामा सञ्चालित विभिन्न अभियानहरूको क्रममा एकजना महिला उग्रवादी, एकजना महिला मादक तस्करलाई पक्राउ गरिनको साथै हतियार एवं विस्फोटक जफत गरिएको छ। यसरी नै संवेदनशील क्षेत्रहरूमा वाहनहरूको आवागमन सुनिश्चित गर्नक लागि सुरक्षा व्यवस्थाको पुख्ता प्रबन्ध गरिएको छ।
मणिपुर पुलिस मुख्यालयद्वारा आइतवार जारी आधिकारिक बयानमा बताइएको छ, बितेको शनिवार सुरक्षा बलहरूले काकचिङ्ग जिल्लाको वाइखोङ्ग पुलिस स्टेशन अधिनस्थ भारत-म्यान्मार सुगनु रोडमा थोङ्गजाओ मयाई लेइकाई क्षेत्रबाट प्रतिबन्धित सङ्गठन प्रीपाक (प्रो)- की एकजना सक्रिय महिला क्याडरलाई पक्राउ गरियो जसको पहिचान इम्फाल पश्चिम जिल्लाको पिशुम ओइनम लेइकाई निवासी लोङ्गजाम जेनेवी उपना थोइथोइबी देवी (34)-को रूपमा भएको छ।
यसरी नै अर्को अभियानमा यसै दिन राज्य पुलिसले इम्फाल पूर्वी जिल्लाको एण्ड्रो पुलिस स्टेशन अन्तर्गत एक मोबाइल चेक पोस्टबाट क्वाथा निवासी महिला तखेलंबम सोनिया चानू (46)-लाई 5.56 किलोग्राम अफिम र एउटा मोबाइल फोनसितै पक्राउ गऱ्यो।
पुलिस एवं सुरक्षा बलहरूद्वारा गए 2 मईको दिन सञ्चालित एक अभियानमा इम्फाल पूर्वी जिल्लाको थौबल बाँध पुलिस स्टेशन अन्तर्गत हेनजाङ्ग गाउँबाट लगभग 9 किलोग्रामको एउटा आईईडी, एउटा 12 बोरको राइफल तथा पाँच वटा 7.62 एमएमको जिउँदो कारतूस जफत गरियो।
यसबीच सुरक्षा बलले विभिन्न जिल्लाका सीमावर्ती तथा संवेदनशील क्षेत्रहरूमा खोजी अभियान अनि क्षेत्रमा आफ्नो प्रभुत्वलाई कायम राख्नको लागि लगातार कारबाही गरिरहेको छ जसको परिणामस्वरूप हतियार एवं गोला-बारूद जफत गरिएको छ।
गए शनिवार मणिपुरका विभिन्न जिल्लाहरूका हिमाली एवं उपत्याका दुवै क्षेत्रहरूमा 112 नाके/चेक पोइन्ट स्थापना गरिएको थियो। सबै संवेदनशील क्षेत्रहरूमा सुरक्षाको ठोस प्रबन्ध गरिएको थियो।
पक्रा पर्ने आरोपीहरू विरूद्ध विभिन्न थानाहरूमा अग्रिम कानूनी कारबाही भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा