ढकुवाखनामा भयानक आगो लाग्यो, व्यवसायिक प्रतिष्ठान स्वाहा
ढकुवाखनामा भयानक आगो लाग्यो, व्यवसायिक प्रतिष्ठान स्वाहा


लखिमपुर (असम), 03 मई (हि.स.)। असमको लखिमपुर जिल्लान्तर्गत ढकुवाखना स्थित गान्धी मैदानको छेउमा भयावह आगो लागेको घटना सार्वजनिक भएको छ जसमा एउटा व्यवसायिक प्रतिष्ठान पूर्ण रूपमा जलेर खरानीमा परिणत भएको छ।

आइतवार प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले अचानक गान्धी मैदानको छेवैमा रहेको एउटा व्यवसायिक प्रतिष्ठानमा आगो बलिरहेको देखे। हेर्दा-हेर्दै आगोले सम्पूर्ण प्रतिष्ठानलाी आफ्नो चपेटमा लियो जसले गर्दा स्थिति भयावह भयो।

घटनाबारे सूचना पाउनसाथ ढकुवाखना अग्निशमन विभागका तीन वटा वाहनहरू घटनास्थलमा पुगे। घण्टौंसम्म कड़ा परिश्रम गरे पनि आगो निभाउन कठिन भयो। अबेर रातीसम्म अग्निशमन कर्मीहरूले स्थानीय मानिसहरूको सहयोगमा आगो निभाउने प्रयास गरिरहे।

यस आगलागीको घटनामा प्रतिष्ठानको लाखौं रुपियाँको सम्पत्ति जलेर नष्ट भएको छ। आगलागीको कारण स्पष्ट हुन सकेको छैन। शर्ट सर्किट हो वा अन्य कारणले आगो लागेको हो, पत्तो लगाउन पुलिस अनि सम्बन्धित विभाग जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande