
तिनसुकिया (असम), 03 मई (हि.स.)। तिनसुकिया जिल्लाको दुमदुमास्थित जातीय विद्यालयमा बितेको राती भीषण आगो लागेको घटना प्रकाशमा आएको छ। यस घटनामा विद्यालयका सबै कक्षाहरू जलेर पूर्ण रूपमा नष्ट भएको छ।
आइतवार प्राप्त जानकारी अनुसार अचानक लागेको यस आगोले द्रूत गतिमा विद्यालय परिसरलाई आफ्नो चपेटमा लियो जसले गर्दा धेरै वटा श्रेणी कक्षहरूलाई व्यापक क्षति पुगेको छ। आगलागीको कारण अहिलेसम्म थाहा लाग्न सकेको छैन।
सूचना पाए लगत्तै अग्निशमन विभागको टीम घटनास्थलमा पुग्यो अनि कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गऱ्यो। समयमै आगोलाई नियन्त्रण गरिएको कारणले अधिक क्षति हुनदेखि बच्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा