
नयाँ दिल्ली, 03 मई (हि.स.)। दिल्ली भाजपा प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले विवेक विहार अग्निकाण्डमा ज्यान गुमाउने मृतकहरूका परिवारहरूसित भेट गरे। उनले यहाँ पत्रकारहरूलाई सम्बोधन गर्दै उक्त दुर्घटनामाथि दुःख व्यक्त गरे। उनले भने, यो अत्यन्त दुःखदायी घटना हो।
सचदेवाले भने, अहिलेसम्ममा प्राप्त जानकारी अनुसार एसीमा विस्फोट भएको कारणले भवनमा आगो लागेको हो। पुलिसलाई बिहान सवेरै 3:45 बजी पहिलो सूचना प्राप्त भयो। त्यसपछि लगभग 3:52 बजी दमकलकर्मीहरू घटनास्थलमा पुगे। उनले बताए, लगभग 14 वटा दमलक वाहनहरू आगो निभाउनमा जुटे। 20 जनाको ज्यान बचाइय भने 9 जनाको मृत्यु भयो।
चदेवाले अझ बताए, उनले मृतकहरूका परिवारहरूसित भेट गरे। त्यहाँको दृश्य अत्यन्त मार्मिक भएको छ। मामिलाको जाँच गरिनेछ। पुलिसको भनाइ छ, एकजना डिलीभरी ब्वोइले एसीमा आगोको झिल्का देखे जसले गर्दा यो घटना भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा