
गुरुग्राम, 03 मई (हि.स.)। गाउँ वजीरपुरमा एकजना व्यक्तिले गए शनिवार अबेर राती आफ्नी पत्नी तथा चार जना सन्तानको विष खुवाएर हत्या गरेपछि आफूले हातको नसा काटेर आत्महत्या गर्ने प्रयास गऱ्यो। घटनाको सूचना पाए लगत्तै पुलिस घटनास्थलमा पुग्यो अनि शवहरूलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो।
मृतकहरूमा आरोपी नाजिमकी पत्नी नजमा, छोरीहरू क्रमैले इकरा, शिफा र खतीजा तथा छोरा आरम सामेल छन्। पुलिसले घाइते नाजिमलाई सिभिल अस्पतालमा भर्ती गरिदिेको छ जहाँ उसको उपचार भइरहेको छ। पुलिस प्रवक्ता सन्दीप कुमारले आइतवार बताए, हत्याको कारण पति-पत्नीमाझ भएको आपसी झगड़ा रहेको बताइएको छ।
जानकारी अनुसार उत्तर प्रदेशको मुरादाबाद जिल्ला निवासी नाजिम लगभग 6 महिनादेखि गाउँ वजीरपुरमा भाड़ाको घरमा बस्दै आइरहेको थियो। नाजिमले गढ़ी हरसरूमा आफ्नै स्यालुन चलाउँछ। पुलिस जाँचमा थाहा लागे अनुसार नाजिमको प्रायजसो नै पत्नीसित झगड़ा भइरहन्थ्यो।
बितेको शनिवार अबेर साँझ आरोपी नाजिमको भाइ जिशान घरमा गएका थिए। तिनले बताए, नानीहरूको कोठामा गएर हेर्दा सबै नानीहरू र भाउज्यु भुइँमा लड़िरहेका थिए उनीहरूको मुखबाट फिज आइरहेको थियो। नाजि छेवैमा छटपटिरहेको थियो। उसको हातको नसा काटिएको थियो। छेवैमा रगतपच्छे भएको चक्कु पनि थियो। जिशानले तुरून्तै पुलिसलाई सूचना दिए जसपश्चात पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो।
पुलिसले घटनास्थलबाट एउटा रगताम्मे चक्कु जफत गरेको छ जसबाट यो आशङ्का व्यक्त गरिँदैछ कि
आरोपीले त्यै चक्कुले आफ्नो नसा काटेको हुनसक्छ। पुलिस जाँचमा थाहा लागेको छ, नाजिम र उसकी पत्नीबीच प्राय नै विवाद हुन्थ्यो। यो नाजिमको दोस्रो विवाह रहेको पनि थाहा लागेको छ। शनिवार पनि कुनै कुरालाई लिएर दुईबीच झगड़ा भएको थियो जसपश्चात उसले यस्तो भयानक कदम उठायो।
आइतवार एसीपी नवीन शर्माले बताए, पुलिसले मामिलाको जाँच गरिरहेको छ। यो स्पष्ट हुन सकेको छैन कि सबैको मृत्यु विष सेवन गरेर भएको हो वा गला दबाएर हत्या गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा