
लखिमपुर (असम), 30 मई (हि.स.)। असमको ढकुवाखना क्षेमा अफ्रिकन स्वाइन फीभर (एएसएफ)- को सङ्क्रमण फैलिएको आशङ्काबीच केही सुँगुरहरूको मृत्युले पशुपालकहरूमा चिन्ता व्याप्त भएको छ। पछिल्लो केही दिनदेखिको क्षेत्रमा लगातार सुँगुरहरू मरिरहेकाले बिमारी फैलिने जोखिम उत्पन्न भएको छ।
स्थानीय सूत्र अनुसार सङ्क्रमणको कारणले विभिन्न ठाउँहरूमा निरन्तर सुँगुरहरू मरिरहेका छन्। अचानक बढ़्दो यस्ता घटनाहरूले सुँगुर पालन गरिरहेका मानिसहरू गहिरो चिन्तामा परेका छन्। पशुपालकहरूको भनाइ छ, यदि समयमै प्रभावकारी कदम नउठाइए स्थिति झन् गम्भीर हुनसक्छ।
जानकारी मुताविक नीरुज टाव नामक युवकको फार्ममा एकपछि अर्को गर्दै धेरै वटा सुँगुरहरूको मृत्यु भइसकेको छ। अचानक भइरहेको मृत्युले गर्दा फार्म सञ्चालकहरूलाई ठूलो आर्थिक नोक्सान झेल्न परिरेहको छ। यस अतिरिक्त क्षेत्रका अन्य कतिपय फार्महरूमा पनि स्वाइन फीभर जस्तो लक्षणको कारणले सुँगुरहरू मरिरहेको सूचना प्राप्त भइरहेको छ।
स्थानीय पशुपालकहरूको भनाइ छ, यस सङ्क्रमणले उनीहरूमाथि आर्थिक सङ्कट मड़ारिरहेको छ। सुँगुर पालनमाथि निर्भर केही परिवारहरूलाई लाखौं रुपियाँको नोक्सान झेल्न परिरहेको छ। प्रभावित मानिसहरूले प्रशासन तथा पशुपालन विभागसित तत्काल हस्तक्षेप गरी बिमारको जाँच, रोकथाम अनि प्रभावित पशुपालहरूलाई सहायता प्रदान गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा