प्रधानमन्त्रीले गोवा राज्य स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गरे
मोदी


नयाँ दिल्ली, 30 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले गोवा राज्य स्थापना दिवसका अवसरमा शनिबार राज्यका सम्पूर्ण नागरिकहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले गोवा आफ्नो जीवन्त संस्कृति, समृद्ध सम्पदा, प्राकृतिक सौन्दर्य तथा मिलनसार जनताका कारण देश-विदेशमा प्रसिद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत सन्देश दिँदै यस दिनलाई गोवाको पहिचान र प्रगतिका लागि अथक योगदान पुर्याउने सबै व्यक्तिहरूप्रति कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा पनि स्मरण गर्नुपर्ने बताएका छन्। उनले गोवाले निरन्तर प्रगति गर्दै विकसित भारत निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले गोवावासीहरूको उत्तम स्वास्थ्य, सुख, समृद्धि तथा उज्ज्वल भविष्यको पनि कामना गरेका छन्।

अर्को सन्देशमा उनले गोवाको मातृभाषामा समेत शुभकामना व्यक्त गरेका छन्। उनले गोवाको समृद्ध संस्कृति, ऐतिहासिक सम्पदा र जनजीवनको प्रशंसा गर्दै राज्यको निरन्तर विकास, उन्नति र समृद्धिका लागि शुभेच्छा प्रकट गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande