
गान्तोक, 30 मई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ शुक्रबार राजधानीको सम्मान भवनमा आयोजित वन, वातावरण तथा वन्यजन्तु स्वीकृतिसम्बन्धी उच्चस्तरीय बैठक तथा राज्य प्राधिकरण सीएएमपीए- को शासकीय निकायको बैठकमा सहभागी भएँ। बैठकमा जनसाधारणलाई थप सहजता प्रदान गर्ने उद्देश्यले वन, वातावरण तथा वन्यजन्तु स्वीकृति प्रक्रियालाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरियो, साथै पारिस्थितिक सन्तुलन र दिगो विकासलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरियो। उक्त जानकारी मुख्यमन्त्रीले हिजो अबेर राति सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका हुन्।
छलफलका क्रममा राज्यमा पर्यावरण संरक्षण तथा वन्यजन्तु संरक्षणका उपायहरूलाई अझ सुदृढ़ बनाउने सम्बन्धमा विभिन्न महत्त्वपूर्ण रणनीतिहरूमाथि विचार-विमर्श गरियो। बैठकमा मुख्यमन्त्रीले उपस्थित वन विभागका अधिकारीहरूलाई पूर्ण पारदर्शिता कायम राख्न, विभागहरूबीच समन्वय बढाउन तथा वनसम्बन्धी सबै कार्यक्रमहरूलाई अझ प्रभावकारी र जनमुखी ढङ्गले कार्यान्वयन गर्न आग्रह गरे।
बैठकमा वन्यजन्तु स्वीकृति तथा पर्यावरणीय सुशासनसँग सम्बन्धित निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि विस्तृत कार्ययोजना पनि प्रस्ताव गरियो। साथै, प्रत्येक विभागमा नोडल अधिकारी नियुक्त गर्ने निर्णय गरियो, जसले आपसी सञ्चार तथा समन्वयलाई सुदृढ़ बनाउँदै वन तथा पर्यावरणसम्बन्धी जनचासोका विषयहरूको शीघ्र समाधानमा सहयोग पुर्याउनेछ।
यसका अतिरिक्त, पर्यावरणीय दिगोपनलाई प्रवर्द्धन गर्न, हरित क्षेत्र विस्तार गर्न तथा भावी पुस्ताका लागि प्राकृतिक स्रोतहरूको संरक्षण सुनिश्चित गर्न विशेषगरी पानीका मुहानहरू र पर्यावरणीय दृष्टिले संवेदनशील क्षेत्रहरू वरिपरि व्यापक वृक्षारोपण अभियान सञ्चालन गर्ने विषयमा विशेष जोड दिइयो।
यो बैठक विकास र पर्यावरण संरक्षणबीच सन्तुलन कायम राख्दै पारदर्शी, प्रभावकारी तथा दिगो सुशासन सुनिश्चित गर्ने साझा प्रतिबद्धताको प्रतीक बनेको मुख्यमन्त्रीले उल्लेख गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल