दक्षिम बङ्गालमा हुरी सहितको वर्षाले गर्मीबाट राहत दिलायो, तापमान घट्यो
दक्षिम बङ्गालमा हुरी सहितको वर्षाले गर्मीबाट राहत दिलायो, तापमान घट्यो


कोलकाता, 30 मई (हि.स.)। लामो प्रतीक्षा पश्चात दक्षिण बङ्गालमा कालबैसाखीको प्रभावले अचानक मौसमले कोल्टे फेऱ्यो। गए शुक्रवार आएको तीव्र हावा-पानीको कारणले कोलकाता सहित केही जिल्लाहरूको तापमान उल्लेखनीय रूपमा घटेको छ। मौसम विभाग अनुसार शुक्रवार कोलकाताको न्यूनतम तापमान 28.2 डिग्री सेल्सियस थियो जुन शनिवार घटेर 23 डिग्री सेल्सियसमा पुगेको छ। यसले गर्दा प्रचण्ड गर्मीबाट मानिसहरूले ठूलो राहत पाएका छन्।

मौसम विभागले तथापि स्पष्ट पारेको छ, यो राहत स्थायी होइन। आगामी सोमवारदेखि तापमान फेरि बढ़्नसक्छ। सप्ताहको मध्यसम्ममा गर्मीको प्रभाव पुनः महसूस हुन थाल्नेछ।

शनिवार बिहान कोलकातामा हल्का घाम लाग्नको साथै आकाशमा बादल लागिरहनेछ। मौसम विभागले दिनभरि नै शहर तथा यस वरपरका क्षेत्रहरूमा मेघ गर्जनसितै वर्षा तथा तीव्र हावा चल्ने सम्भावना व्यक्त गरेको छ। आइतवार पनि मौसम अपेक्षाकृत रमाइलो रहने अनुमान छ।

शनिवार पूर्व औ पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया, बाँकुड़ा, पूर्व एवं पश्चिम बर्दवान, बीरभूम तथा मुर्शिदाबाद

जिल्लामा बिजुली चम्किनको साथै वर्षा अनि तीव्र हावा चल्ने सम्भावना छ। आइतवार पनि मौसममा विशेष परिवर्तन हुने आशा छैन।

मौसम विभाग मुताविक आगामी सोमवारदेखि फेरि तापमना बढ्न शुरू हुनेछ। बुधवारसम्ममा दक्षिण बङ्गालका विभिन्न भागहरूमा 2-3 डिग्री सेल्सियससम्म बढ़्नसक्छ।

उत्तर बङ्गालका मालदा, उत्तर दिनाजपुर एवं दक्षिण दिनाजपुर जिल्लामा शनिवार बिजुली चम्किनको साथै मध्यम वर्षा हुनसक्छ। योसँगसँगै 40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ।

आइतवार र सोमवार उत्तर बङ्गालमा वर्षाको गतिविधि कम हुने सम्भावना भए पनि बुधवारदेखि फेरि एकपटक वर्षा हुने सम्भावना बढ़्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande