
सिलगढ़ी, 30 मई (हि.स.)। उत्तर पूर्वी क्षेत्र विकास मन्त्रालय (डोनर) का सचिव सञ्जय जाजु, आईएएस शनिबार बिहान बागडोगरा विमानस्थल आइपुगे। उनी तीन दिवसीय सिक्किम भ्रमणका लागि आएका हुन्।
राज्य सूचना एवं जन सम्पर्क विभागका अनुसार, डोनर सचिवलाई विमानस्थलमा गृह विभागअन्तर्गत प्रोटोकल एकाई, राज्य ग्रामीण विकास विभागर भारत सरकारकाे जल शक्ति विभागका अधिकारीहरूले स्वागत गरे।
डोनर मन्त्रालयका सचिव जाजु सिक्किमको आधिकारिक भ्रमणमा ३० मईदेखि 2 जून, २०२६ सम्म रहने छन्। यस अवधिमा उनले राज्यमा सञ्चालन भइरहेका विभिन्न विकासात्मक योजना तथा परियोजनाहरूको समीक्षा तथा छलफल गर्ने कार्यक्रम रहेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल