
जोहानेसबर्ग, 10 जून (हि.स.)। दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकैको क्लीभल्याण्डमा अज्ञात व्यक्तिहरूले कम्तीमा 12 जनाको गोली हानी हत्या गरेका छन्। दक्षिण अफ्रिकी पुलिसले मङ्गलबार राति क्लीभल्याण्डको एक अनधिकृत बस्तीमा यो घटना भएको बताएको छ। आक्रमणमा अन्य 9 जना घाइते भएका छन्। संदिग्धहरूको खोजी जारी छ।
दक्षिण अफ्रिकी समाचार च्यानल टाइम्स लाइभले क्लीभल्याण्डको पेट्रोल स्टेसन नजिकै सेतो टोयोटा क्वान्टमबाट 10 भन्दा बढी बन्दुकधारीहरू निस्किएको रिपोर्ट गरेको छ। बन्दुकधारीहरूले बस्तीमा प्रवेश गरेपछि धेरै ठाउँका बासिन्दाहरूमा गोली हाने र त्यसपछि सोही गाडीमा भागे।
स्थानीय पुलिस विभागले मङ्गलबार स्थानीय समय (जीएमटी) राति 11ः10 बजी गोली चलेको रिपोर्टमा अधिकारीहरूले कार्य गरेको बताएको छ। घाइतेहरूको उपचारका लागि आपतकालीन चिकित्सा सेवा प्रदान गरिएको थियो। 8 जना पुरुष र 3 जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुलिसले जनाएको छ। कम्तीमा नौ जना घाइतेहरूलाई विभिन्न चिकित्सा केन्द्रमा लगिएको छ।
--------
हिन्दुस्थान समाचार / बिशाल