नेपालका विदेशमन्त्री शिशिर खनाल चार दिने चिन भ्रमणमा बीजिङ पुगे
बीजिंग पहुंचे नेपाल के विदेश मंत्री शिशिर खनाल


काठमाडौँ, 14 जून (हि.स.)। नेपालका विदेशमन्त्री शिशिर खनाल आफ्ना चिनियाँ समकक्षी वाङ्ग यीको निमन्त्रणामा चार दिने आधिकारिक भ्रमणमा चीन पुगेका छन्। उनी आज बिहान चिनका लागि प्रस्थान गरेका थिए।

बीजिङस्थित नेपाली दूतावासका अनुसार, मन्त्री खनाल स्थानीय समयअनुसार आज दिउँसो चिनियाँ राजधानी बीजिङ आइपुगेका छन्। विमानस्थलमा उनलाई चिनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल र चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए। परराष्ट्रमन्त्रीको सम्मानमा आज साँझ बीजिङस्थित नेपाली दूतावासले स्वागत समारोह आयोजना गरेको छ। कार्यक्रममा मन्त्री खनालले नेपाली समुदायका सदस्यहरूसँग पनि अन्तरक्रिया गर्ने दूतावासले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ्ग यीबिचको द्विपक्षीय वार्ता हुने प्रस्तावित छ। वार्तामा नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ़ पार्न र आपसी सहयोग विस्तार गर्न विभिन्न विषयमा छलफल हुनेछ। चिनियाँ वरिष्ठ अधिकारीहरूसँग विदेश मन्त्रीको छुट्टै बैठक पनि तय गरिएको छ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले बीजिङमा रहेको नेपाली दूतावासको लगानी सम्मेलनमा पनि भाग लिनेछन्। उनले चिनियाँ उद्यमीहरूलाई भेट्ने र कुराकानी गर्ने छन्। परराष्ट्रमन्त्री खनल 16 जुलाईमा स्वदेश फर्कनेछन्।

--------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande