
जम्मू, १९ जून (हि.स.)। सुरक्षा बलहरूले दक्षिण कश्मीरको शोपियाँ जिल्लाबाट तीन जनालाई हिरासतमा लिएका छन्। उनीहरूको साथबाट विस्फोटक तथा अन्य संदिग्ध सामग्री बरामद गरिएको छ।
पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार, गोप्य सूचनाको आधारमा पुलिसले शोपियाँको पुडसू क्षेत्रमा विशेष अभियान सञ्चालन गरेको थियो। सो क्रममा बेगम गाउँका तीन जना बासिन्दालाई हिरासतमा लिइएको हो।
हिरासतमा लिइएका व्यक्तिहरूको साथबाट दुईवटा ग्रेनेड, प्रतिबन्धित संगठन हिजबुल मुजाहिदीन का चारवटा पोस्टर, २.५ किलोग्राम विस्फोटक पदार्थ तथा चारवटा मोबाइल फोन बरामद गरिएको पुलिसले जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ र बरामद सामग्रीको स्रोत तथा सम्भावित उद्देश्यबारे सुरक्षा निकायहरूले अनुसन्धान गरिरहेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी