ज्ञान, विवेक र दूरदर्शिता जस्ता गुण जीवनमा सफलताको आधार हुन् : प्रधानमन्त्री मोदी
मोदी


नयाँ दिल्ली, १९ जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले ज्ञान, विवेक र दूरदर्शिता जस्ता गुणहरू जीवनमा सफलताको आधार हुन् भनी बताएका छन्। उनले यस्ता गुणले सम्पन्न व्यक्ति कठिनभन्दा कठिन चुनौतीहरूको सामना गर्न तथा अन्ततः विजय हासिल गर्न सक्षम हुने उल्लेख गरेका छन्।

प्रधानमन्त्री मोदीले शुक्रबार एक्समा एउटा संस्कृत सुभाषित साझा गरेका छन्,

“शास्त्रे प्रतिष्ठा सहजश्च बोधः प्रागल्भ्यमभ्यस्तगुणा च वाणी। कालानुरोधः प्रतिभानवत्त्वमेते गुणाः कामदुघाः क्रियासु॥”

यस सुभाषितको अर्थ स्पष्ट पार्दै उनले भनेका छन्, कुनै विषयको प्रामाणिक ज्ञान, स्वाभाविक विवेक, निडर आत्मविश्वास, अभ्यासबाट निखारिएको प्रभावकारी वाणी, समयको मागलाई बुझ्ने दूरदर्शिता तथा निरन्तर नयाँ सोच र सिर्जनशीलता, यी छवटा गुण मानिसका प्रत्येक कार्यमा ‘कामधेनु’ समान सिद्ध हुन्छन्।

प्रधानमन्त्रीका अनुसार, यी गुणहरूले व्यक्तिलाई आफ्नो लक्ष्य प्राप्त गर्न सहयोग पुर्याउँछन् र जीवनका विविध क्षेत्रमा सफलता हासिल गर्न मार्गदर्शन गर्छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande