
गुवाहाटी, 20 जून (हि.स.)। अम्बुबासी मेला अवधि शनिवार बिहान 9:30 बजी लगभग 500 नागा साधुहरूको साथमा गुवाहाटीका विधायक विजय गुप्ताले कामाख्या गेट नर्सरीदेखि कामाख्या मन्दिर परिसरसम्म पदयात्रा गरे।
यो धार्मिक पदयात्रा श्रद्धा औ आस्थाको वातावरणमा आयोजना गरियो जसमा ठूलो सङ्ख्यामा साधु-सन्तहरू सामेल भए। पदयात्रा कामाख्या गेटबाट आरम्भ भएर मन्दिर परिसरसम्म पुग्यो। विधायक गुप्ताले यस पदयात्रा अवधि नागा साधुहरूको सेवा गर्नका साथै उनीहरूसित सामेल भएर उनीहरूलाई साथ दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा