
सिलगढ़ी, 20 जून (हि.स.)। शहरमा जल निकासी व्यवस्थाको खस्किँदो स्थिति तथा जलजमाउको विरोध गर्दै शनिवार भारतीय जनता पार्टी (बीजेपी)-ले व्यापक प्रदर्शन गऱ्यो। यो प्रदर्शन सिलगढ़ी निगमको वार्ड नम्बर 43 का तृणमूल नेता तथा पार्षद सुखदेव महतोको कार्यालय अगाड़ि आयोजना गरियो। भाजपा नेताहरूको आरोप छ, अविरल वर्षाको कारणले सम्पूर्ण क्षेत्रमा पानी जमिएको छ जसले गर्दा सर्वसाधारण मानिसहरूलाई ठूसो समस्या झेल्न परिरहेको छ, तर पार्षदलाई भने आफ्नो क्षेत्रमा देखिएको छैन।
पार्टीको ओबीसी मोर्चाका जिल्ला उपाध्यक्ष हीरा राईले आरोप लगाउँदै भने, जनसेवाको नाममा ब्यानर र साइनबोर्ड लगाइँदैछ, धरातली यस्तरमा भने काम भइरहेको छैन। उनले भने, पछिल्लो लामो समयदेखिकै नालीहरूको सफाई नभएको कारणले जल निकासी व्यवस्था पूर्ण रूपले ठप्प भएको छ। सड़कहरूको अवस्था सोचनीय भएको छ। चुनाउमा गरिएका वाचाहरूलाई पूरा गरिएन। अहिलेघरि पार्षदै हराएका छन्। विकासको नाममा देखावटी मात्र भयो। मूल समस्याहरूको समाधान गरिएन। प्रदर्शनकारीहरूले चेताउनी दिएका छन्, यदि चाँड़ै नै जल निकासी व्यवस्थामा सुधार गरिएन भने तथा मानिसहरूको समस्या समाधान गरिएन भने आगामी दिनमा व्यापक जन आन्दोलन गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा