
-मोहन चरण माझीले ओडिशा-बङ्गालको सांस्कृतिक सम्बन्धलाई बताए अटुट
भुवनेश्वर, 20 जून (हि.स.)। ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले पश्चिम बङ्गाल दिवसको अवसरमा राज्यका मानिसहरूलाई हार्दिक शुभकामना दिए। उनले भने, ओडिशा र पश्चिम बङ्गालबीच साझा सांस्कृतिक धरोहर, ऐतिहासिक सम्बन्ध तथा आपस्तमा सम्मानमाथि आधारित एउटा गहिरो अनि अटुट सम्बन्ध छ।
सोशल मीडियामा जारी आफ्नो सन्देशमा मुख्यमन्त्री माझीले भने, दुई छिमेकी राज्यमाझ पछिल्लो लामो समयदेखिकै सामाजिक, सांस्कृतिक औ आर्थिक सहयोगको मजबुत सम्बन्ध रहिआएको छ। उनले भने, ओडिशा अनि पश्चिम बङ्गालले एका-अर्काको प्रगति र विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको छ।
मुख्यमन्त्रीले पश्चिम बङ्गालको समृद्ध कला, साहित्य, संस्कृति औ बौद्धिक परम्परालाई नमन गर्दै भने, राज्यले भारतको राष्ट्रिय पहिचान, सांस्कृतिक समृद्धि औ विकासमा उल्लेखनीय योगदान दिएको छ। उनले पश्चिम बङ्गालको गौरवशाली धरोहरलाई देशको लागि प्रेरणाश्रोत बताए।
पश्चिम बङ्गालका मानिसिहरूलाई शुभकामना दिँदै मुख्यमन्त्री माझीले राज्यको निरन्तर प्रगति, शान्ति अनि समृद्धिको कामना गरे। उनले भने, क्षेत्रीय विकास तथा राष्ट्रलाई सशक्त बनाउनको लागि छिमेकी राज्यहरूबीच सहयोग एवं समन्वय राख्न अति आवश्यक छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा