सिलगढ़ी नगरनिगममा राजनीतिक खैलाबैला तीव्र, गौतम देवपछि अब फेरि अर्को राजीनामा
सिलगढ़ी नगरनिगममा राजनीतिक खैलाबैला तीव्र, गौतम देवपछि अब फेरि अर्को राजीनामा


सिलगढ़ी, 20 जून (हि.स.)। राज्यमा सत्ता परिवर्तन भएपछि उत्तर बङ्गालको राजनीतिमा उथुल-पुथुल लगातार जारी छ। यसबीच सिलगढ़ी नगरनिगममाथि सङ्ट गहिरिँदै गइरहेको छ। गए शुक्रवार मेयर गौतम देवले राजीनामा दिएपछि अब मेयर परिषदबाट वार्ड नमन्बर 13 का पार्षद मानिक देले पनि राजीनामा दिएका छन्।

मानिक देले नगरनिगमको फोहोर प्रबन्धन (जञ्जाल सफाई) विभागको जिम्मेवारी सम्हालिरहेका थिए।

सूत्र मुताविक गत बिहिवार मेयर गौतम देवले मेयर परिषदका सदस्यहरूसित एउटा बन्द कोठाभित्र बैठक गरेका थिए। यसै बैठकमा उनले आफूले राजीनामा दिने इच्छा व्यक्त गरे जसबाट उपस्थित सदस्यहरू हैरान भएका थिए। त्यसपछि गए शुक्रवार गौतम देवले मेयर पदबाट राजीनामा दिए।

मेयरले राजीनामा दिएको खबर सार्वजनिक हुनसाथ पार्टीभित्र व्याप्त आन्तरिक मतभेद पनि उजागार भयो। भनिन्छ, सङ्गठनभित्र पछिल्लो लामो समयदेखिको हुँदै आएको तानातान तथा प्रशासनिक स्तरमा केही समस्याहरूको कारणले यो फसेला लिइएको हो।

अब, गौतम देवले राजीनामा दिएको 24 घण्टा बित्दा-नबित्दै मानिक देले पनि पद छोड़्नाले नगरनिगममा राजनीतिक अस्थिरता अझ बढ़ेको छ।

राजनीतिक जगतमा अब यो ठूलो प्रश्न भएको छ कि आगामी दिनमा अन्यले पनि राजीनामा दिन्छन्? यदि यसरी नै एक-एकजना गर्दै पार्षदहरूले पद छोड़्दै गयो भने वर्तमान बोर्डलाई अड़िन गाह्रो हुन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

 rajesh pande