गृहमन्त्री शाहले बंगाल दिवसको शुभकामना दिए
amit shah


कोलकाता, २० जून (हि.स.)। पश्चिम बंगाल दिवसको अवसरमा केन्द्रिय गृहमन्त्री अमित शाहले राज्यवासीलाई शुभकामना व्यक्त गरेका छन्। उनले पश्चिम बंगालका जनताको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

केन्द्रिय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत शुभकामना व्यक्त गर्दै पश्चिम बंगालका सबै नागरिकलाई बधाई दिएका छन्। उनले भने, “समृद्ध संस्कृति, अध्यात्म, ज्ञान र विज्ञानको भूमि बंगालले भक्ति आन्दोलन, स्वतन्त्रता सङ्ग्राम, पुनर्जागरणदेखि राष्ट्र निर्माणका प्रत्येक चरणमा असाधारण योगदान दिएको छ।”

शाहले स्वामी विवेकानन्द, बन्किमचन्द्र चट्टोपाध्याय, रवीन्द्रनाथ ठाकुर, नेताजी सुभाषचन्द्र बोस र डा. श्यामा प्रसाद मुखर्जी जस्ता महान व्यक्तित्वहरूको पवित्र भूमि बंगाल प्रधानमन्त्री मोदीको नेतृत्वमा आफ्नो गौरवशाली परम्परा र वैभव पुनःस्थापित गर्ने दिशामा अघि बढिरहेको बताए। उनले माता दुर्गासँग प्रार्थना गर्दै राज्यका सबै नागरिकको जीवन सुख, शान्ति, समृद्धि र कल्याणले भरिपूर्ण रहोस् भन्ने कामना व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande