
अहमदाबाद, 21 जून (हि.स.)। केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले 12औं अन्तरराष्ट्रिय योग दिवसको अवसरमा अहमदाबादको प्रह्लादनगर गार्डनमा आयोजित योग दिवस कार्यक्रममा भाग लिएर योगाभ्यास गरे। यस अवसरमा गुजरातको गृह राज्य मन्त्री हर्ष संघवी पनि उपस्थित रहे।
कार्यक्रममा अमित शाह, हर्ष संघवी र ठूलो संख्यामा नागरिकहरूले सामूहिक योगाभ्यासमा भाग लिए। उनीहरूले स्वस्थ शरीर र शान्त मनको सन्देश दिँदै विभिन्न योग आसन र प्राणायाम गरे। योग अभ्यासको क्रममा मानिसहरूमा उत्साह र ऊर्जाको विशेष वातावरण देखियो। यस अवसरमा योगलाई स्वस्थ जीवनशैली अपनाउने प्रभावी माध्यम बताउँदै नियमति योग गर्ने सन्देश दिइयो।
अहमदाबादका मेयर हितेश बरोट, उपमेयर अन्जु शाह र देवांग दानी बाहेक अन्तरराष्ट्रिय योग दिवस कार्यक्रममा ठूलो संख्यामा जनप्रतिनिधि, युवा, विद्यार्थी र योग उत्साहीहरूले भाग लिए।
हिन्दुस्थान समाचार / भवानी थामी