अन्तरराष्ट्रिय योग दिवस: गुवाहाटीमा मुख्यमन्त्री तथा केन्द्रिय मन्त्री सीतारमणले योग अभ्यास गरे
अन्तरराष्ट्रिय योग दिवस: गुवाहाटीमा मुख्यमन्त्री तथा केन्द्रिय मन्त्री सीतारमणले योग अभ्यास गरे


गुवाहाटी, २१ जून (हि.स.)। देशका अन्य भागहरूझैँ सम्पूर्ण असम तथा गुवाहाटीमा पनि आइतबार १२औँ अन्तरराष्ट्रिय योग दिवसको अवसरमा योग सत्रहरूको आयोजना गरिएको छ। विभिन्न स्थानहरूमा असम सरकारका मन्त्रीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूले योग सत्रमा सहभागी भई स्वस्थ मन, स्वस्थ शरीर र स्वस्थ समाजको सन्देश दिएका छन्।

यसै क्रममा गुवाहाटीको उजान बजार क्षेत्रमा ब्रह्मपुत्र नदीको किनारमा १२औँ अन्तरराष्ट्रिय योग दिवस समारोह आयोजना गरियो। उक्त कार्यक्रममा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा तथा भारतकी केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमण सहभागी भई योग अभ्यास गरे। यस अवसरमा ठूलो संख्यामा मानिसहरू योग गरिरहेको देखिएको थियो। मुख्यमन्त्री तथा केन्द्रिय मन्त्रीले स्वास्थ्य र सद्भावनाको भावनासहित योग गरेर दिनको शुरुआत गरे।

मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक ह्यान्डलमार्फत भने, योग साधनाले मानव शरीर, मन र आत्माबीच सुन्दर समन्वय स्थापित गर्दछ। आजको व्यस्त जीवनशैलीमा स्वस्थ र सन्तुलित जीवन निर्माण गर्न योगको भूमिका अद्वितीय रहेको छ।

उनले अन्तरराष्ट्रिय योग दिवसको अवसरमा सबैलाई योगलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउँदै स्वस्थ, सबल र सकारात्मक समाज निर्माण गर्ने संकल्प लिन आग्रह गरे। साथै, उनले सबैलाई अन्तरराष्ट्रिय योग दिवसको हार्दिक शुभकामना व्यक्त गरे।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande