
छिन्दवाड़ा, 22 जून (हि.स.)। मध्य प्रदेशको छिन्दवाड़ा जिल्लाको राष्ट्रिय राजमार्गमा रहेको सवारी पुलिस चौकी क्षेत्रमा सोमवार मजदुर सवार कअप ट्रक अनियन्त्रित ट्रकसँग ठोक्कियो। दुर्घटनामा पाँच मजदुरको मृत्यु भएको छ भने 18 जनाभन्दा बढ़ी घाइते भएका छन् र उनीहरूलाई नजिकैको अस्पतालमा भर्ती गरिएको छ।
पुलिस अनुसार, सोमवार बिहान 10 बजीतिर छिन्दवाडा-बैतूल राष्ट्रिय राजमार्गको टेमनी खुर्द गाउँ नजिकै दुर्घटना भयो। पिकअप ट्रक अगाड़ीबाट आउँदै गरेको ट्रकसँग ठोक्कियो। दुर्घटना यति भीषण थियो कि पिकअप पूर्ण रूपमा ध्वस्त भयो र भित्र रहेका मजदुरहरू टाढ़ा उछिटिए। घटनाको जानकारी पाएपछि पुलिस र प्रशासनिक कर्मचारीहरूले घटनास्थलमा पुगेर राहत र उद्धार कार्य शुरु गरे। घाइतेहरूलाई 108 एम्बुलेन्सको सहयोगमा नजिकैका अस्पतालहरूमा भर्ती गरिएको छ।
सवारी पुलिस चौकीका प्रमुख मुकेश द्विवेदीले पिकअप ट्रकमा ठूलो संख्यामा मजदुरहरू सवार रहेको बताए। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने लगभग 18 जना घाइते भएको बताइएको छ। घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ र उनीहरूलाई आईसीयूमा सारिएको छ। मृतकहरूको पहिचान हुन सकेको छैन। मृतकहरूमा तीन महिला पनि छन्।
दुर्घटनाको जानकारी पाएपछि एसडीएम धीरेन्द्र सिंह अस्पताल पुगेर घटनाको बारेमा सोधपुछ गरे। उनले घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न डाक्टरहरूलाई निर्देश दिए।
पुलिसले हाल दुर्घटनाको कारणको अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानबाट तीव्र गति र आमनेसामने ठोक्किनुका कारण दुर्घटना भएको खुलासा भएको छ। धेरै घाइतेहरूको अवस्था अत्यन्तै गम्भीर रहेको कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
दुर्घटनाको जानकारी पाएपछि पांढुर्नाका विधायक नीलेश उइके घटनास्थल पुगे। उनले भने, छिन्दवाडा-बैतूल राजमार्गमा भयानक दुर्घटना भएको छ। धेरै जना घाइते भएका छन्, जसको अस्पतालमा उपचार भइरहेको छ। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी