नेपालमा दृष्टिविहीनहरूको सरकारविरुद्ध धरना, वैकल्पिक व्यवस्था गर्न माग
काठमांडू में दृष्टिविहीन का प्रदर्शन


काठमाडौं, २३ जून (हि.स.)। नेपालमा दृष्टिविहीन व्यक्तिहरूले मंगलबार सरकारविरुद्ध धरना प्रदर्शन गरेका छन्। स्वरोजगारमार्फत जीविकोपार्जन गर्दै आएका दृष्टिविहीन व्यवसायीहरूको समूह वैकल्पिक व्यवस्था गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएको हो।

प्रदर्शनकारीहरूको भनाइ अनुसार, सरकारका विभिन्न निकायहरूले सडक किनारमा रहेको उनीहरूको कार्यक्षेत्रमा हस्तक्षेप गरिरहेका छन् र धरपकड गरी उनीहरूलाई रोजगारी गर्नबाट रोकिरहेका छन्। प्रदर्शनकारीहरूले सरकारी निकायहरूले जबर्जस्ती उनीहरूलाई त्यहाँबाट हटाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। उनीहरूले कडा घाम, वर्षा, धुलो र प्रदूषण सहँदै सडक किनारमा काम गर्नु आफ्नो इच्छा नभई बाध्यता भएको बताएका छन्।

दृष्टिविहीन व्यवसायीहरूको भनाइ छ, राज्यले उनीहरूको जीविकोपार्जनका लागि उपयुक्त वैकल्पिक व्यवस्था उपलब्ध नगराउँदासम्म उनीहरू यसरी काम गर्न बाध्य छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande