
नयाँ दिल्ली, 23 जून (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णन, लोकसभा अध्यक्ष ओम बिरला र गृहमन्त्री अमित शाहल गायत अन्य धेरै प्रमुख नेताहरूले भारतीय जनसंघका संस्थापक तथा शिक्षाविद् डा. श्यामा प्रसाद मुखर्जीलाई उनको बलिदान दिवसमा श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रको एकता र अखण्डतामा उनको योगदानलाई सम्झे।
डा. मुखर्जीलाई एक दूरदर्शी नेता, प्रख्यात शिक्षाविद् र दृढ़ देशभक्त बताउँदै उपराष्ट्रपति राधाकृष्णनले भारतको एकता र अखण्डताको लागि उनको बलिदान र विकसित भारत निर्माण गर्ने उनको अटूट संकल्पले आउने पुस्तालाई प्रेरणा दिने बताए।
लोकसभा अध्यक्ष ओम बिरलाले भने, डा. मुखर्जीले भारतको एकता, अखण्डता र सार्वभौमिकतालाई सर्वोपरि ठान्दै आफ्ना सिद्धान्तहरूसित कहिल्यै सम्झौता गरेनन्। उनले आफ्नो सम्पूर्ण जीवन देशभक्ति, सांस्कृतिक चेतना र राष्ट्रिय एकताको भावनाको प्रसारको निम्ति समर्पित गरे।
देशको एकता र अखण्डताको कट्टर समर्थक बताउँदै गृह तथा सहकारी मन्त्री अमित शाहले डा. मुखर्जीले कश्मीरमा दुई संविधान, दुई प्रधान र दुई निशान को कड़ा विरोध गरे र बंगाललाई भारतको अभिन्न अंग बनाउन पनि लड़ेको बताए। उनले भने, राष्ट्र प्रथमप्रतिको उनको प्रतिबद्धताले आज पनि देशलाई प्रेरणा दिइरहेको छ।
रक्षामन्त्री राजनाथ सिंहले भने, डा. मुखर्जीले राष्ट्रिय एकता, सांस्कृतिक पहिचान र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा अविस्मरणीय योगदान पुर्याेएका छन्। उनको साहस, दृढ़ संकल्प र बलिदान आज पनि लाखौं देशवासीहरूको लागि प्रेरणाको स्रोत बनेको छ।
केन्द्रिय सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले भने, डा. मुखर्जीले देशको एकता र अखण्डताको लागि शक्ति त्याग गरे र सबै कुरा त्यागे, जुन उपलब्धि राष्ट्रले सधैं सम्झनेछ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भने, डा. मुखर्जीको जीवन देशभक्ति, बलिदान र अटल संकल्पको जीवन्त उदाहरण हो। उनले भने, भारतीय जनसंघदेखि आजको भाजपासम्म सांस्कृतिक राष्ट्रवाद उनको दृष्टिकोणको प्रमाण हो।
हिन्दुस्थान समाचार / भवानी थामी