नेपालमा पूर्व अर्थमन्त्री विष्णु पौडेलको पक्राउलाई यूएमएलले राजनीतिक प्रतिशोध र गैरकानूनी बतायो
गिरफ्तार किए गए नेपाल के पूर्व वित्त मंत्री विष्णु पौडेल


काठमाडौँ, 24 जून (हि.स.)। सीपीएन यूएमएलले पार्टीका उपाध्यक्ष बिष्णु पौडेलको पक्राउलाई राजनीतिक रूपले प्रेरित, प्रतिशोध र अवैध भन्दै कडा निन्दा गरेको छ। पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सोमबार सुरखेत जिल्लाबाट मनी लान्ड्रिङको आरोपमा पक्राउ गरिएको छ। अदालतले थप अनुसन्धानका लागि उनलाई सात दिनको हिरासतमा पठाएको छ।

बुधबार बसेको पार्टी सचिवालयको नवौँ बैठकमा उनको बिना शर्त र तत्काल रिहाइको माग गरिएको छ। बैठकमा देशभरका पार्टी सदस्य र समर्थकहरूद्वारा राज्य संयन्त्रको कथित अधिनायकवादी, प्रतिशोध र भेदभावपूर्ण प्रयोगका विरुद्ध राजनीतिक प्रतिरोध र जनचेतना अभियानहरू चलाउन पनि आह्वान गरिएको छ। बैठकपछि जारी विज्ञप्तिमा यूएमएलले पक्राउलाई राजनीतिक र कानुनी दुवै स्तरमा चुनौती दिने बताएको छ। कुनै ठोस तथ्य वा प्रमाण बिना नै पक्राउ गरिएको र राजनीतिक प्रतिशोधका लागि मात्र गरिएको आरोप पार्टीले लगाएको छ।

अनुसन्धान अवधिमा पौडेललाई हिरासतमा राख्न अनुमति दिने विशेष अदालतको निर्णयसँग पनि पार्टीले असहमति जनाएको छ। यो आदेश न्यायका सिद्धान्तसँग मेल खाँदैन भनी पार्टीले बताएको छ। यस राष्ट्रव्यापी अभियानमा सहभागी हुन न्यायका लागि उभिएका पार्टी कार्यकर्ता र आम नागरिकलाई पनि सभाले अपील गरेको छ। राज्यको एजेन्सीले चालेको मनमानी र भेदभावपूर्ण कदमको विरोधमा यो अभियान सञ्चालन गरिने पार्टीले जनाएको छ।

--------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande