असमका क्याबिनेट मन्त्री सिङ्घलले धुबड़ीबाट गरे राज्यव्यापी पल्स पोलियो अभियानको शुरूआत
असमका क्याबिनेट मन्त्री सिङ्घलले धुबड़ीबाट गरे राज्यव्यापी पल्स पोलियो अभियानको शुरूआत


धुबड़ी (असम), 28 जून (हि.स.)। असमका क्याबिनेट मन्त्री औ धुबड़ी जिल्लाका प्रभारी मन्त्री अशोक सिङ्घलले आइतवार 'राष्ट्रिय टीकाकरण दिवस'-को अवसरमा धुबड़ी मेडिकल कलेज एवं अस्पताल (डीएमसीएच)-बाट राज्यव्यापी पल्स पोलियो कार्यक्रमको शुभारम्भ गरे। यस अवसरमा बोल्दै मन्त्री सिङ्घलले भने, राज्यभरिकै बाल-बालिकाहरूलाई पोलियोको खुराक दिनको लागि 24,000 खोप केन्द्रहरूमा लगभग 52,000 स्वास्थ्य कर्मीहरूलाई तैनाथ गरिएको छ।

उनले भने, फ्रन्टलाइन स्वास्थ्य कर्मीहरूको समर्पित प्रयासले असममा लगभग 95 प्रतिशत आमा अनि शिशुहरूलाई पहिलाबाटै खोप कार्यक्रमको घेराभित्र ल्याइसकिएको छ। मन्त्रीले यो पनि बताए, राज्यको टीकाकरण प्रबन्धन सिस्टमको 99 प्रतिशतभन्दा अधिक भाग डिजीटल भेको छ जसबाट भ्याक्सिन पुऱ्याउने प्रक्रिया कुशल अनि पारदर्शी भएको छ।

शिशुहरूको स्वास्थ्यप्रति सरकारको प्रतिबद्धतालाई दोहोऱ्याउँदै सिङ्घलले भने, असमले यस कुरामाथि ध्यान दिरहेको छ कि हरेक बच्चा भ्याक्सीनबाट रोक्न सकिने बिमारीहरूदेखि सुरक्षित रहोस्। उनले स्वास्थ्य क्षेत्रमा राज्यको प्रगतिको श्रेय मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको नेतृत्वलाई दिँदै अघि भने, सरकारले सम्पूर्ण असममा स्वास्थ्य सेवाहरलाई मजबुत बनाउने कामलाई जारी राख्नेछ।

कार्यक्रममा धुबड़ी स्वास्थ्य विभागका संयुक्त निदेशक डा. ज्योति कुमार दास, धुबड़ी मेडिकल कलेज एवं अस्पतालकी प्रिन्सिपल डा. अङ्कुमणि सैकिया औ स्वास्थ्य विभागका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande