
गुवाहाटी, 28 जून (हि.स.)। राजधानी गुवाहाटीको पुलिसले अपराधविरुद्ध सञ्चालित विशेष अभियान अन्तर्गत शहरका विभिन्न क्षेत्रहरूमा छापामारी गरी 31 जना कुख्यात चोरहरूलाई पक्राउ गरेको छ।
पुलिसले राजधानीका भिन्न-भिन्न स्थानहरूमा एकसाथ अभियान सञ्चालन गरी आरोपीहरूलाई समात्यो। यी सबै आरोपीहर चोरीका विभिन्न घटनाहरूमा संलिप्त रहेको बताइएको छ।
अभियान अवधि पुलिसले आरोपीहरूको कब्जाबाट प्रचुर मात्रामा चोरीका सामानहरू पनि जफत गरेको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ साथै यो पत्तो लगाउने प्रयास गरिरहेको छ कि आरोपीहरू अन्य घटनाहरूमा सामेल थिए कि थिएनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा