“सोझै शङ्कर” भयो भरोसाको मञ्च, मन्त्री शङ्कर घोषले सुनिरहेका छन् जनताको हरेक समस्या
“सोझै शङ्कर” भयो भरोसाको मञ्च, मन्त्री शङ्कर घोषले सुनिरहेका छन् जनताको हरेक समस्या


सिलगढ़ी, 28 जून (हि.स.)। चुनावी वाचाभन्दा माथि उक्लेर सिलगढ़ीका विधायक एवं राज्यका पर्यटन मन्त्री शङ्कर घोष अब आम जनतामाझ भरोसाको नाम बन्दै गइरहेको छ। आफ्नो चुनावी वाचा अनुसार उनले नियमित रूपमा ‘सोझै शङ्कर’ (सोरासरी शङ्कर) कार्यक्रमको आयोजन गरिरहेका छन्। यसै क्रममा आइतवार सिलगढ़ीको मार्गरेट स्कूलमा आयोजित यस कार्यक्रमको तेस्रो चरणमा व्यापक भीड़ उर्लियो। लागातार दुई पटक सिलगढ़ी विधानसभा सीटबाट जीत हासिल गरेर रेकर्ड कायम गर्ने शङ्कर घोषको मान्यता छ, एकजना जनप्रतिनिधिको मुख्य काम मानिसहरूको समस्या सुन्नु हो।

यस अवधि सिलगढ़ी शहर अतिरिक्त वरपरका क्षेत्रहरू तथा अन्य जिल्लाहरूबाट पनि ठूलो सङ्ख्यामा मानिसहरू आफ्नो व्यक्तिगत, सामाजिक औ नागरिक समस्याहरू लिएर आएका थिए। मन्त्री घोषले सबैको कुरालाई धैर्यतापूर्वक सुनेर सस्याहरूको तत्काल समाधान गर्ने निर्देश सम्बन्धित विभागहरूलाई दिए।

स्थानीय मानिसहरूले सोझै मन्त्रीसित भेट गर्ने अवसर पाएकोमा हर्ष व्यक्त गरे। उनीहरूको भनाइ छ, पहिला उनीहरूलाई आफ्नो समस्या समाधान गर्नको लागि विभिन्न सरकारी कार्यालयहरूमा पटक-पटक धाइरहनुपर्थ्यो, तर अब जनप्रतिनिदि सोझै उनीहरूको माझमा उपस्थित भइरहेका छन्।

मानिसहरू अनुसार मन्त्री बनेपछि पनि शङ्कर घोषको व्यवहारमा कुनै परिवर्तन आएको छैन जसबाट उनको लोकप्रियता अझ बढ़ेको छ।

राज्यका पर्यटन मन्त्री शङ्कर घोषले स्पष्ट पारे, उनी सिलगढ़ीमा रहुञ्जेलसम्म यो ‘सोझै शङ्कर’ कार्यक्रम लगातार जारी रहनेछ। उनले भने, मानिसहरूको समस्या समाधान गर्नु उनको प्राथमिकता हो। आगामी दिनमा प्रधाननगर, भक्तिनगर औ सिलगढ़ी थानाको छेउमा पुलिसको उपस्थितिमा कार्यक्रम आयोजना गरिनेछ ताकि जनताले सोझै पुलिस सामु आफ्नो सिकायत राख्न सकुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande