
पश्चिम बर्दवान, 28 जून (हि.स.)। आसनसोल-पुरुलिया रेलवे डेली प्यासेन्जर सङ्गठनद्वारा आइतवार जिल्ला पुस्तकालयमा रक्तदान शिविर तथा आसनसोल दक्षिणकी विधायक एवं राज्यकी मन्त्री अग्निमित्रा पालको सम्मानमा एक समारोह आयोजना गरियो। कार्यक्रममा सङ्गठनका सदस्यहरूको व्यापक उपस्थिति रहेको थियो।
यस अवधि मन्त्री अग्निमित्रा पाललाई फूलगुच्छाले स्वागत गर्नको साथै माता दुर्गाको तस्वीर भेंट गरी सम्मानित गरियो। कार्यक्रममा उपस्थित रेल यात्रीहरू तथा सङ्गठनका सदस्यहरूले विभिन्न जन समस्या तथा रेल सेवाहरूसित सम्बन्धित मुद्दाहरूलाई मन्त्री समक्ष राखे।
आफ्नो सम्बोधनमा अग्निमित्रा पालले भनिन्, रेल यात्रीहरूको विभिन्न समस्याहरूको समाधान गर्नको लागि केन्द्र सरकारले सक्रिय रूपमा काम गरिरहेको छ। उनले बताइन्, केही दिनअघि यात्रीहरूको पक्षबाट उनलाई केही अनुरोध तथा सिकायत प्राप्त भएको थियो जसलाई उनले रेल मन्त्री अश्विनी वैष्णल समक्ष राखेकी थिइन्। उनले भनिन्, रेल मन्त्रालयले ती समस्याहरूको समाधान गर्ने दिशामा पहल गरेको छ जसको निम्ति उनले रेल मन्त्रालयप्रति आभार व्यक्त गरिन्।
मन्त्रीले घोषणा गरिन्, आसनसोल दक्षिण विधानसभा क्षेत्रको लागि चाँड़ै एउटा हेल्पलािन नम्बर जारी गरिनेछ। यस नम्बरमा क्षेत्रका कुनै पनि नागरिकले आफ्नो समस्या वा सिकायत दर्ता गराउन सक्नेछन्।
उनले भरोसा दिलाइन्, मानिसहरूको समस्यालाई सुनेर त्यसलाी समाधान गर्ने हरसम्भव प्रयास गरिनेछ। कार्यक्रममा रक्तदानको महत्वमाथि बल दिइयो साथै मानिसहरूलाई सामाजिक कार्यहरूमा सहभागिता बढ़ाउने अपील पनि गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा