अरूणाचलमा बाढ़ीः दुर्घटनाका शिकार तेस्रो व्यक्तिको शव भेटियो
अरूणाचलमा बाढ़ीः दुर्घटनाका शिकार तेस्रो व्यक्तिको शव भेटियो


इटानगर, 28 जून (हि.स.)। अरुणाचल प्रदेशको केयी प्यान्योर जिल्लामा पोसा गाउँको छेवैमा अवस्थित निपको कलोनीमा गत 24 जूनका दिन बादल फाटेको घटनापछि बेपत्ता भएका पाँच जना मानिसहरूमध्ये एकजनाको शव पापुम पारे जिल्ला अधिनस्थ किमिनको हवा क्याम्प नजिक रङ्गनदी नदीमा भेटिएको छ।

तथापि यसको आधिकारिक पुष्टि भएको छैन, यदि पुष्टि भएको भए आपदापछि भेटिएको यो तेस्रो शव हुनेछ। यसअघि दुई वटा शव भेटिसकिएको छ। बादल फाटेर अचानक आएको बाढ़ीपछि दुई जना मानिसहरूको शव भेटिएको तथा तेस्रो व्यक्ति बेपत्ता भएको बताइएको थियो।

प्रभावित क्षेत्रहरूमा खोजी औ बचाउ अभियान कायम छ भने टीमले कठिन परिस्थितिमा पनि बेपत्ता भएका मानिसहरूको बारेमा पत्तो लगाउनको लागि काम गरिरहेको छ। नेशनल डिजास्टर रेस्पन्स फोर्स (एनडीआरएफ)-ले जिल्ला प्रशासन र पुलिससित मिलेर यस अभियानमा सहयोग गर्नको लागि विशेष उपकरण, नौका तथा खोजी कुकुरहरूलाई तैनाथ गरेको छ। पहाड़ी क्षेत्रमा भलपैह्रोले बगाएर ल्याएको ढुङ्गा-माटो तथा खराब मौसमले बचाउ कार्यमा बाधा पुऱ्याइरहेको छ।

गए शनिवार राजधानी इटानगर समेत सम्पूर्ण राज्यमा घना तथा अविरल वर्षा भयो जसले गर्दा खोजि अभियानमा समस्या भइरहेको छ। अधिकारीहरूले अहिलेसम्म रङ्गानदी नदीमा भेटिएको शवको पहिचान भएको आधिकारिक पुष्टि गरेका छैनन्। प्रशासन शवलाई चिन्हित गर्न जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande