राज्यमा नक्कली चिकित्सकहरू विरूद्ध 59 वटा मामिला दर्ता, 62 जना समातिएः मुख्यमन्त्री डा.सरमा
राज्यमा नक्कली चिकित्सकहरू विरूद्ध 59 वटा मामिला दर्ता, 62 जना समातिएः मुख्यमन्त्री डा.सरमा


गुवाहाटी, 28 जून (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राज्यमा जाली चिकित्सकहरूविरूद्ध सरकारको कड़ा कारबाहीको खुलासा गर्दै भनेका छन्, राज्यका भिन्न-भिन्न क्षेत्रहरूबाट 62 जना नक्कली चिकित्सकहरूलाई पक्राउ गरिएको छ।

मुख्यमन्त्री डा. सरमाले सोशल मीडिया फेसबुकको आफ्नो आधिकारिक पेजमा एउटा पोस्ट साझा गर्दै भनेका छन्, नक्कली डाक्टरहरूविरूद्ध असम सरकारको कारबाही यथावत छ। जनताको ज्यानसित खेलवाड़लाई कुनै पनि स्थितिमा सहन गरिनेछैन। उनले बताएका छन्, हाल 59 वटा मामिला दर्ता गरिसकिएको छ भने 62 जना जाली डाक्टरहरूलाई पक्राउ गरिएको छ।

मुख्यमन्त्रीले भनेका छन्, दुष्ट मानिसहरूले यो याद राख्नुपर्छ कि आम जनताको सुरक्षा सुनिस्चित गर्नको लागि हाम्रो यो कड़ा कारबाही हरेक क्षेत्रमा आगामी दिनमा पनि जारी रहनेछ। उल्लेख्य, हालैमा बराक उपत्याका तथा तल्लो असमको धुबड़ी जिल्लाबाट नक्कली चिकित्सकहरूको पक्राउले सरकारको यस कदमलाई पुष्टि गर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande