गुवाहाटीमा तीन अपहरणकर्ता पक्राउ, अपहृत व्यक्ति सकुशल उद्धार
गुवाहाटीमा तीन अपहरणकर्ता पक्राउ, अपहृत व्यक्ति सकुशल उद्धार


गुवाहाटी, 28 जून (हि.स.)। गुवाहाटी पुलिस आयुक्तालयको पूर्वी गुवाहाटी पुलिस जिल्ला (ईजीपीडी) अन्तर्गत दिसपुर थाना पुलिसले अपहरणको एक मामिलालाई मात्र 8 घण्टाभित्रमा सफलतापूर्वक सुल्झाउँदै अपहृत व्यक्तिलाई सकुशल उद्धार गरेको छ। पुलिसले यस मामिलामा तीन जना आरोपीहरूलाई पक्राउ गरेको छ।

पुलिस अनुसार सिलचर निवासी 45 वर्षीय एकजना व्यक्तिलाई बेलतला वायरलेस क्षेत्रबाट अपहरण गरिएको थियो। अपहरणकर्ताहरूले उसको रिहाईको सट्टामा रङ्गदारीको माग गरेका थिए। सूचना पाउनसाथ पुलिसले तत्काल कारबाही गर्दै अभियान सञ्चालन गऱ्यो। अभियान अवधि डिमा हसाओ पुलिसको सहयोगमा उक्त व्यकतिलाई मुक्त गराइयो।

अभियानको क्रममा पुलिसले श्रीभूमि सदर निवासी अब्दुल गफ्फार (37), साहब उद्दीन (38) तथा बाइहाटा चारिआली निवासी विकास डेका (36)-लाई पक्राउ गऱ्यो। घटनामा प्रयुक्त पञ्जीकरण नम्बर प्लेट बिनाको स्कर्पियो वाहनलाई पनि जफत गरेको छ।

पुलिसले बतायो, मामिलामा आवश्यक कानूनी कारबाही गर्न शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande