बर्धमानका दुई तृणमूल नेतालाई अदालतमा पेश गरियो
बर्धमानका दुई तृणमूल नेतालाई अदालतमा पेश गरियो


पूर्व बर्धमान, 28 जून (हि.स.)। बर्धमान नगर क्षेत्रका जनप्रतिनिधि एवं तृणमूल नेता सुमित शर्मा तथा रायना-2 ब्लकको तृणमूलका पूर्व अध्यक्ष सैयद कलिमुद्दीन उपनाम बाप्पालाई पुलिसले शनिवार पक्राउ गरेपछि आइतवार बिहानै अदालतमा पेश गऱ्यो।

बर्धमान थाना औ माधवडिही थाना पुलिसको यस तत्काल कारबाहीलाई लिएर राजनीतिक गल्लीहरूमा चर्चा चुलिएको छ। घटनापछि क्षेत्रको राजनीतिक माहोल धेरै संवेदनशील भएको छ। दुई नेताको पक्राउपछि बर्धमान र रायना क्षेत्रमा राजनीतिक गतिविधिहरू तीव्र भएका छन्। स्थितिमाथि नजर राख्नको लागि पुलिस प्रशासनले सुरक्षा अनि निगरानी व्यवस्थालाई अझ मजबुत बनाएको छ।

राजनीतिक विश्लेषकहरूको एक वर्गको मान्यता छ, सम्भावित जनप्रतिक्रिया तथा तनाउपूर्ण स्थितिदेखि बच्नका लागि दुवै नेतालाई बिहान चाँड़ै अदालतमा पेश गरियो। तथापि यस सम्बन्धमा यो समाचार लेखुञ्जेलसम्म प्रशासनको पक्षबाट कुनै आधिकारिक बयान जारी गरिएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande