बागनान भाजपा कार्यकर्ता हत्याकाण्ड : मुख्य आरोपी शेख सैफुद्दीन पक्राउ
बागनान भाजपा कार्यकर्ता हत्याकाण्ड : मुख्य आरोपी शेख सैफुद्दीन पक्राउ


कोलकाता, 28 जून (हि.स.)। हावड़ा जिल्लाको बागनानमा भएको भाजपा कार्यकर्ता प्रशान्त देको हत्याको मामिलामा पुलिसले फेरि एकजना प्रमुख आरोपी शेख सैफुद्दीनलाई पक्राउ गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीहरूले दोषीहरूलाई कुनै पनि मूल्यमा पक्राउ गर्ने निर्देश दिइएको केही घण्टा नबित्दै शनिवार राती सीआईडी र जिल्ला पुलिसको संयुक्त टीमले श्यामपुर थाना क्षेत्रमा अभियान सञ्चालन गरी शेखलाई पक्राउ गऱ्यो। आरोपीलाई आइतवार अदालतमा पेश गरियो।

प्रशान्त हत्याकाण्डमा दर्ता प्राथमिकीमा 51 जना मानिसहरूको नाम सूचीबद्ध गरिएको छ भने अहिलेसम्ममा 11 जनालाई पक्राउ गरिसकिएको छ। जाँच गर्ने जिम्मेवारी पहिलाबाटै सीआईडीलाई सुम्पिसकिेको छ जसले जिल्ला पुलिससित मिलेर मामिलाको जाँच गरिरहेको छ।

बितेको शनिवार मुख्यमन्त्री शुभेन्दु अधिकारीले बागनानमा मृतक भाजपा कार्यकर्ताको परिवारसित भेट गरी उनीहरूलाई हरसम्भव सहयोग गर्ने भरोसा दिएका छन्। यस अवधि उनले भने, राज्यमा अब कानूनको शासन स्थापित भइसकेको छ। कुनै पनि दोषीलाई छाड़िनेछैन। उनले बताए, सीआईडीलाई सबै आरोपीहरूलाई पक्राउ गर्ने स्पष्ट निर्देश दिइएको छ।

उल्लेखनीय छ, गत 17 जूनको राती प्रशान्त आफ्ना केही साथीहरूसित बागनानको पाइकपाड़ी गाउँमा अवस्थित तृणमूल कङ्ग्रेस नेता एवं आँटिला पञ्चायतका उपप्रधान मफिजुल इस्लाम खानको घर बाहिर विरोध प्रदर्शन गर्न गएका थिए। भाजपाको आरोप छ, यसै अवधि मफिजुल इस्लाम खान र उसका समर्थकहरूले प्रदर्शनकारीहरूमाथि हमला गरे। यस हमलामा प्रशान्तको मृत्यु भएको थियो भने अन्य भाजपा कार्यकर्ताहरू घाइते भएकाथिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande