
कोलकाता, 28 जून (हि.स.)। कोलकाता समेत सम्पूर्ण दक्षिण बङ्गालमा लगातार छुटपुट पानी परिरहेको भए पनि यसले तापमानमा कुनै विशेष परिवर्तन ल्याएको छैन। पानी रोकिनसाथ आद्रता बढ़्नाले गर्मीबाट राहत पाइएको छैन। आइतवार बिहान कोलकाताको न्यूनतम तापमान 28.1 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 1.3 डिग्री अधिक हो।
अलिपुर मौसम विभाग अनुसार दक्षिण बङ्गालमा आगामी मङ्गलवारदेखि वर्षाको तीव्रता बढ़्नसक्छ। कोलकाता लगायत दक्षिण बङ्गालका अन्य जिल्लाहरूमा आगामी शुक्रवारसम्म मेघ गर्जनसितै लगातार पानी पर्ने चेताउनी जारी गरिएको छ। यस अवधि 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ। मङ्गलवारभन्दा अगाड़ि पनि नदिया, मुर्शिदाबाद, पूर्व बर्दवान औ बर्दवान तथा बीरभूम जिल्लामा हुन्डरीसितै वर्षा हुने सम्भावना छ।
अलिपुर मौसम विभागले उत्तर बङ्गालमा खराब मौसमलाई लिएर चेताउनी जारी गरेको छ। मनसुनी वर्षाले दार्जीलिङ, जलपाईगुड़ी तथा अलिपुरद्वार जस्ता जिल्लाहरूको बेहाल भएको छ। यी जिल्लाहरूमा पछिल्लो केही हप्तादेखिको घना वर्षा जारी छ। उत्तर बङ्गालका नदीहरूको जलस्तर पनि बढ़ेको छ। हाल स्थितिमा सुधार आउने कुनै सम्भावना छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा