शौकतका निकटवर्ती भाङ्गड़का तृणमूल नेता पक्राउ
शौकतका निकटवर्ती भाङ्गड़का तृणमूल नेता पक्राउ


दक्षिण 24 परगना, 28 जून (हि. स.)। वर्ष 2023- को पञ्चायत चुनाउ अवधि भाङ्गड़ क्षेत्रमा भएको हिंसात्मक मामिलामा पुलिसले तृणमूल कङ्ग्रेसका नेता खयरूल इस्लामलाई पक्राउ गरेको छ। उनलाई आइतवार मुर्शिदाबादको बहरामपुर क्षेत्रबाट पक्राउ गरिएको हो।

खयरुल इस्लाम भाङ्गड़-दुई पञ्चायत समितिमा भूमि कर्माध्यक्ष छन् भने तिनलाई तृणमूल नेता शौकत मोल्लाको निकटवर्ती मानिन्छ। उनीमाथि पञ्चायत चुनाउ अवधि भएको हिंसात्मक मामिलामा सामेल रहेको आरोप लगाइएको छ। यसै घटनामा आईएसएफ कार्यकर्ता मोहिउद्दीन मोल्लाको मृत्यु भएको थियो।

पुलिस अनुसार पछिल्लो वर्ष 2023-मा भएको प़ञ्चायत चुनाउको समयमा भाङ्गड़मा तृणमूल कङ्ग्रेस र इण्डियन सेक्युलर फ्रन्ट (आईएसएफ)- बीच झड़प भएको थियो। यस घटनापछि दर्ता मामिलामा कयरूल इस्लामको नाम आरोपीको रूपमा सामेल भएको थियो। तबदेखि नै पुलिसलेे उसलाई खोजिरहेको थियो। आइतवार बहारामपुरको उत्तर काशीपुर र विजयगञ्ज बजार थाना पुलिसले संयुक्त अभियान चलाएर उनलाई पक्राउ गऱ्यो। पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande