
नयाँ दिल्ली, 28 जून (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आइतवार चिल्ला गाउँस्थित यमुना घाट स्वच्छता अभियानमा ठूलो सङ्ख्यामा युवा साथीहरू, स्वयंसेवकहरू तथा स्थानीय नागरिकहरूसँगसँगै श्रमदान गरिन्।
मुख्यमन्त्रीले सोशल मीडिया अकाउन्टमा पोस्ट गर्दै भनिन्, यमुना दिल्लीको स्मृति, संस्कृति औ जीवनधारा हो। यसलाई स्वच्छ एवं निर्मल बनाउनको लागि दिल्ली सरकारले वैज्ञानिक, स्थायी तथा व्यापक स्तरमा निरन्तर कार्य गरिरहेको छ। स्वच्छ घाटी यसै सङ्कल्पको सजीव प्रमाण हो। उनले सेवाको यस अभियानसित जोड़िएका प्रत्येक स्वयंसेवकलाी हृदयबाटै धन्यवाद दिइन्।
मुख्यमन्त्रीले दिल्लीको प्रत्येक परिवारसित आग्रह गरिन्, कुनै पनि दिन यमुनाको नाममा अलिकति समय अवश्य खर्च गरौं। आफ्ना नानीहरूको हात समातेर कुनै घाटमा भइरहेको स्वच्छता अभियानसित जोड़िऔं।
उनले भनिन्, आगामी पिँढ़ीले यमुनालाई त्यस्तै अवस्थामा पाउनेछ जस्तो आज हामी उनीहरूलाई सुम्पिनेछौं। यो हाम्रो जिम्मेवारी हो,यो हाम्रो धरोहर हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा