गुवाहाटीमा प्रतिबन्धित सिरप जफत, 6 जना समातिए
गुवाहाटीमा प्रतिबन्धित सिरप जफत, 6 जना समातिए


गुवाहाटी, 28 जून (हि.स.)। राज्यभरि स़ञ्चालित मादक पदार्थको तस्करी विरोधी अभियान अन्तर्गत गुवाहाटी पुलिस जिल्ला (ईजीपीडी)- को सोनापुर थाना पुलिसले ठूलो सफलता हासिल गर्दै डिमारू क्षेत्रबाट प्रचुर मात्रामा प्रतिबन्धित कोडिन सिरप जफत गरेको छ। पुलिसले यस मामिलामा 6 जना आरोपीहरूलाई पक्राउ गरी आरोपीहरूविरूद्ध अग्रिम कानूनी कारबाही शुरू गरेको छ।

पुलिस सूत्रले आइतवार बतायो, गुप्त सूचनाको आधारमा सञ्चालित एक विशेष अभियानमा एउटा यात्रा ब्याकको जाँच गर्दा त्यसमा लुकाएर राखिएको 198 बोतल कोडिन सिरप भेटियो। प्रारम्भिक जाँचमा यो खेपलाई अवैध रूपमा तस्करी गरेर लगिँदैथ्यो।

पक्रा पर्ने आरोपीहरूको पहिचान नगाउँ जिल्लाका सद्दाम हुसैन (31), दिलदार अली (29), ऐजुल हुसैन (28), अनुवार हुसैन (38), मोइनुल इस्लाम (35) तथा वाहिदुल अली (18) -को रूपमा गरिएको छ।

पुलिसले अझ बतायो, सबै आरोपीहरूविरूद्ध सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरी अग्रिम कारबाही शुरू गरिएको छ। साथै यो पत्तो लगाउने प्रयास गरिँदैछ कि यस मादक पदार्थको तस्करी नेटवर्कसित को-को जोड़िएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande