पुल मुनि युवकको शव भेटियो
पुल मुनि युवकको शव भेटियो


गोलाघाट (असम), 28 जून (हि.स.)। गोलाघाट जिल्लाको देरगाउँ क्षेत्रस्थित एउटा पुल मुनि एकजना युवकको शव भेटिएको घटनाले क्षेत्रमा कोकोहोलो मचायो।

पुलिसले आइतवार बतायो, गोलाघाट जिल्ला अधिनस्थ देरगाउँको धोदाध क्षेत्रमा अवस्थित पुलको मुनि एकजना युवकको शवलाई देखेर स्थानीय मानिसहरूले पुलिसलाई सूचना दिए, त्यसपछि पुलिसको टीमले घटनास्थलमा पुगेर शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्न पठाइदियो।

मृत युवकको पहिचान नतुन चापरी निवासी जयन्त मुदोईको रूपमा गरिएको छ। मृतककी आमा र भाइले युवकको हत्या भएको आरोप लगाएका छन्। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको गम्भीर रूपमा जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande