
अलिपुरद्वार, 28 जून (हि.स.)। मनसुनको पहिलो वर्षाले नै जनजीवनलाई पूर्ण रूपले प्रभावित पारेको छ। फालाकाटा-सलसलाबाड़ी निर्माणाधिन हाइवेमा चरतोरसा नदीको डायभर्सन आइतवार बिहानदेखिकै पानीमा डुबेको कारणले फालाकाटा-अलिपुरद्वार सड़क सम्पर्क पूर्ण रूपले बन्द भएको छ। पानी बढ़ेकोले डायभर्सनको एक भाग भत्किएको छ जसले गर्दा स्थानीय मानिसहरूमा व्यापक असन्तुष्ट व्याप्त भएको छ। आइतवार बिहानसम्म जसोतसो वाहनहरूको आवागमन भइरहेको थियो, तर पछि तीव्र जलप्रवाहमा डायभर्सन डुब्यो।
स्थानीय मानिसहरूको आरोप छ, राष्ट्रिय राजमार्ग प्राधिकरमको लापरवाहीले गर्दा प्रत्येक वर्ष बर्खामा यस्तै स्थिति उत्पन्न हुन्छ। यहाँको चारतोरसा नदीमा एकैसाथ दुई वटा पक्का पुलहरूको निर्माण कार्य भइरहेको छ। मानिसहरूको भनाइ छ, एउटा पूल बनाइसकेपछि अर्को पुल निर्माण गर्ने माग बारम्बार गर्दा पनि दुवै पुलको निर्माण कार्य एकैसाथ शुरू गरियो जसले गर्दा परियोजना अँधुरै रहेको छ जसको परिणाम ह रेक मनसुनमा यहाँका मानिसहरूले भोग्न परिरहेको छ। बिहान केही किसानहरू आफ्नो उत्पाद लिएर फालाकाटा बजारमा पुगेका थिए, तर पानी बढ़ेको कारणले अब उनीहरू आफ्नो घर फर्किनसक्नेछैनन्। कतिपय मानिसहरूले आफ्नो ज्यान खोजिममा पारेर पानी तर्ने प्रयास गरिरहेका छन्।
स्थानीय मानिसहरू चाँड़ै नै वैकल्पिक व्यवस्था वा पुललाई सञ्चालनमा ल्याउने माग गरिरहेका छन्। घटनास्थलमा पुलिसलाई तैनाथ गरिएको भए पनि आम मानिसहरूको आवागमन पूर्ण रूपले ठप्प भएको छ। बुलडोजर ल्याइए पनि पानीको तीव्र प्रवाहले गर्दा हाल काम शुरू गरिएको छैन।
सड़क प्राधिकरणको भनाइ छ, स्थितिमाथि नजर राखिँदैछ। जलस्तर घट्नसाथ डायभर्सनको मरम्मत कार्यलाई तीव्र गतिमा शुरू गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा