
गान्तोक, 28 जून (हि.स.)। सिक्किम फुटबल संघ (एसएफए) र अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) को मार्गदर्शनमा गेजिङ जिल्ला फुटबल संघ (जीडीएफए) ले आगामी जीडीएफए सी डिभिजन लिग, अन्तरविद्यालय यू-१५ छात्र तथा यू-१७ छात्रा फुटबल लिग सम्बन्धी समन्वय बैठक २७ जून, २०२६ मा आयोजना गर्यो।
बैठकमा विभिन्न क्लबका खेलाडीहरूको एआईएफएफको क्लब दर्ता प्रणाली (सीआरएस) अन्तर्गत अनिवार्य दर्ताबारे छलफल गरिएको थियो।
जिल्ला तथा राज्यस्तरीय प्रतियोगितामा कुनै अवरोध बिना सहभागी हुन सबै क्लबलाई आगामी एक महिनाभित्र अथवा लिग शुरु हुनुअघि सीआरएस दर्ता प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ।
बैठकमा आगामी सी डिभिजन लिग तथा यू-१५ छात्र र यू-१७ छात्रा अन्तरविद्यालय लिग आगामी अगस्त महिनाको अन्त्यसम्म आयोजना गर्ने विषयमा पनि विस्तृत छलफल भएको थियो। विशेषगरी विद्यालयस्तरको प्रतियोगितामार्फत ग्रासरुट फुटबलको विकास लाई प्राथमिकता दिइएको थियो।
कार्यक्रमको उद्घाटन जीडीएफएका अध्यक्ष नम्ग्याल भोटियाले आगामी सी डिभिजन लिग तथा अन्तरविद्यालय प्रतियोगिताको रूपरेखा प्रस्तुत गरे। त्यसपछि खुल्ला छलफल सम्पन्न भएको थियो। बैठकमा फुटबल संघ तथा विद्यालयका प्रतिनिधिहरूले आगामी वर्षहरूमा फुटबलको योजनाबद्ध विकास र प्रवर्द्धनका लागि संयुक्त रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल