
जम्मू-कश्मीर, 28 जून (हि.स.)। स्वास्थ्य औ चिकित्सा शिक्षा मन्त्री सकिना मसुद इट्टूले गए शनिवार आउटसोर्सिङ्गमाथि गरेकी टिप्पणीलाई लिएर पूर्व मुख्यमन्त्री महबूबा मुफ्तीको उपहास गरिन्।
महबूबा मुफ्तीको यस बयान- नोकरी पीएससीको सट्टा आउटसोर्सिङ्गको माध्यमबाट दिइँदैछ,-माथि सकिनाले भनिन्, मलाई उनको बझाईमाथि दया लागिरहेको छ।
उनले भनिन्, यो दुर्भाग्यपूर्ण कुरा हो कि यस्तो उच्च पदमा आसिन रहे पनि महबूबा मुफ्तीले भर्ती प्रक्रियाको बारेमा जानकारी राख्दैनन्।
श्रीनगरमा आयोजित एक प्रेस कन्फ्रेन्सलाई सम्बोधन गर्दै मन्त्री सकिना मसुदले भनिन्, महबूबा मुफ्तीले कुरालाई राम्ररी बुझुन्, जागरूक होउन् तथा आउटसोर्सिङ्गलाई स्थायी रोजगार मान्न सकिंदैन भन्ने कुरा बुझुन् भन्ने हामी चाहन्छौं।
उनले बताइन्, उनीहरूलाई समग्र शिक्षा औ मिशन वात्सल्य जस्ता केन्द्र-प्रायोजित योजनाहरू अन्तर्गत नियुक्त गरिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा