जल संसाधन विभागमा नोकरी दिलाउने नाममा ठगी गर्ने गिरोहको भण्डाफोर, सात जना समातिए
जल संसाधन विभागमा नोकरी दिलाउने नाममा ठगी गर्ने गिरोहको भण्डाफोर, सात जना समातिए


गुवाहाटी, 28 जून (हि.स.)। असम पुलिसको अपराध अन्वेषण विभाग (सीआईडी) ले जल संसाधन विभागमा सरकारी नोकरी दिलाउने नाममा युवाहरूलाई ठग्दै आएको एक सङ्गठित गिरोहको भण्डाफोर गर्दै सात जना आरोपीहरूलाई पक्राउ गरेको छ।

सीआईडी अनुसार आरोपीहरूले जाली नियुक्ति पत्र, नकक्ली सरकारी मोहर औ जल संसाधन विभागको नाममा जाली भर्ती अधिसूचना जारी गरी बेरोजगार युवाहरूलाई सरकारी नोकरीको प्रलोभन देखाउँथे। यसको सट्टा उनीहरूबाट हजारौंदेखि लाखौं रुपियाँसम्म ठग्ने गर्थ्यो।

असम पुलिस मुख्यालयद्वारा आज दिइएको जानकारी अनुसार यस मामिलामा सीआईडी थानामा भारतीय न्याय संहिता (बीएनएस), 2023 का धारहरू क्रमैले 61(2), 318(4), 336(3) एवं 340(2) अन्तर्गत मामिला संख्या 04/25 दर्ता गरिएको थियो। लगातार सञ्चालित अभियान अवधि अहिलेसम्ममा सात जना आरोपीहरूलाई पक्राउ गरिसकिएको छ। ताजा कारबाहीमा गए 27 जूनको दिन नलबाड़ी जिल्लाबाट गुणमणि बैश्यलाई पक्राउ गरिएको छ।

सीआईडीले बतायो, मामिलाको जाँच भइरहेको छ साथै गिरोहसित जोड़िएका अन्य मानिसहरूको भूमिकाको पनि जाँच गरिँदैछ।

सीआईडीले आम जनतासित अपील गरेको छ, कुनै पनि सरकारी भर्ती सम्बन्धि सूचनाको सत्यता आधिकारिक माध्यमबाट मात्र जाँच गरियोस् तथा सरकारी नोकरी दिलाउने नाममा कुनै पनि व्यक्तिलाई धनराशि भुक्तान नगरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande