फुटपाथ व्यापार गर्नको लागि होइन, अवैध कब्जा हट्नेछ: दिलीप घोष
फुटपाथ व्यापार गर्नको लागि होइन, अवैध कब्जा हट्नेछ: दिलीप घोष


कोलकाता, 28 जून (हि.स.)। पश्चिम बङ्गालको ग्रामीण विकास एवं पञ्चायत मामिलाका मन्त्री दिलीप घोषले आइतवार भने, राज्यको राजधानी कोलकातामा फुटपाथ औ सड़कको किनारमा अवैध रूपमा रहेका हकरहरूको स्टललाई हटाइनेछ। उनले भने, जसरी राज्यका विभिन्न रेलवे स्टेशनहरूमा कारबाही भइरहेको छ, त्यसरी नै कोलकातामा पनि अवैध कब्जालाई हटाउने अभियान सञ्चालन गरिनेछ।

आइतवार बिहान मीडियासित बातचित गर्दै दिलीप घोषले भने, रेलवे स्टेशन होस् वा कोलकाताको फुटपाथ तथा सड़क किनारको ठाउँ, व्यापार चलाउनको लागि होइन। उनले स्पष्ट पारे, जसले यी ठाउँहरूमा अवैध कब्जा गरेर व्यापार गरिरहेका छन् तथा जसले पहिला यस्तो कब्जालाई प्रेरित गरे, उनीहरूले यो कुरा बुझ्नुपर्छ।

उनले भने, फुटपाथ औ पैदल मार्ग आम मानिसहरूको लागि हो जसले सरकार अनि नगरनिकायलाई ट्याक्स दिन्छन्। त्यसैले यस्ता स्थानहरूलाई अतिक्रमण मुक्त राख्न आवश्यक छ ताकि बटुवाहरूलाई समस्या नहोस्।

दिलीप घोषले यो पनि भने, कतिपय स्थानहरूमा अवैध कब्जा गरेको कारणले पसलहरूको प्रवेश द्वार समेत बन्द भएको छ जबकि ती पसल मालिकहरूले पनि सरकारलाई ट्याक्स दिन्छन्। यस स्थितिमा यो पैदल यात्री तथा वैध पसलेहरूसित अन्याय हो। उनले भने, फुटपाथहरूमा कब्जा गरेको कारणले मानिसहरू सड़क बीचबाट हिँड़्न बाध्य हुन्छन् जसबाट दुर्घटनाको जोखिम बढ़्छ। पहिलाबाटै कोलकाताका सड़कहरू भारी यातायात दबावसित जुझिरहेका छन् तथा सँधै जामको स्थिति उत्पन्न हुन्छ। यस अवस्थामा पैदल यात्रीहरूको सुरक्षा अझ ठूलो मुद्दा बन्दछ।

मन्त्रीले चेताउनी दिँदै भने, अवैध कब्जा गर्ने मानिसहरूले आफै फुटपाथ तथा सड़क किनारको ठाउँलाई खाली गरिदिउन् अन्यथा राज्यसरकारले कानून अनुसार कारबाही गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande