
सिलगढ़ी, 28 जून (हि.स.)। ट्रेनको चपेटमा परी एकजना व्यक्तिको मृत्यु भयो। घटना आइतवार अपरान्ह कामराङ्गागुड़ी ओभर ब्रीजको छेउमा रेलवे लाइनमा भएको हो। मृतकको पहिचान मानिक भट्ट (60)- को रूपमा भएको छ जो फूलबाड़ी एक नम्बर ग्राम पञ्चायतको श्रीनगर कलोनीका निवासी थिए।
स्थानीय सूत्र अनुसार रेलवे ट्र्याकमा एउटा शव लड़िरहेको सूचना पाएर वरपरका मानिसहरू घटनास्थलमा पुगे। यो सूचना न्यू जलपाईगुड़ी थानाको पुलिस र रेलवे अधिकारीहरूलाई पनि दिइयो। त्यसपछि पुलिस र रेलवे अधिकारीहरू घटनास्थलमा पुगे। घटनाको खबर पाएर मृतकको परिवारजन पनि घटनास्थलमा पुगे जसले मृतकको पहिचान गरे।
पुलिसले शवलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। मामिलाको जाँचमा पुलिस जुटिसकेको छ।
-----
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा