पूसीरेले अगरतला कोचिङ्ग डिपोको 345केडब्ल्यू अन-ग्रिड रूफटप सोलर पावर प्लान्टलाई सञ्चालनमा ल्यायो
पूसीरेले अगरतला कोचिङ्ग डिपोको 345केडब्ल्यू अन-ग्रिड रूफटप सोलर पावर प्लान्टलाई सञ्चालनमा ल्यायो


गुवाहाटी, 28जून (हि.स.)। सस्टेनेबल औ हरित ऊर्जा पहललाई प्रोत्साहित गर्ने दिशामा एक प्रमुख कदमको रूपमा पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे)-ले अगरतला कोचिङ्ग डिपोमा 345 केडब्ल्यूपीका अन-ग्रिड रूफटप सोलर पावर प्लान्लाई सफलतापूर्वक स्थापित गरी सञ्चालनमा ल्याएको छ। यो परियोजना भारतीय रेलको पर्यावरण एवं ऊर्जा बचतप्रतिको प्रतिबद्धतालाई ध्यानमा राख्दै अक्षय ऊर्जालाई उपयोग गर्ने अनि उपलब्ध रूफटप स्थलको कुशल उपयोग गर्नको लागि शुरू गरिएको हो।

पूसीरेका सीपीआरओ कपि़ञ्जल किशोर शर्माले बताए, सौर ऊर्जा प्रणालीले हाल भवनहरूको खपतभन्दा अधिक बिजुली उत्पादन गरिरहेको छ जसबाट यो सुविधा एक नेट पोजिटिभ एनर्जी उत्पादक बन्न पुगेको छ। दिउँसो उत्पादित अतिरिक्त बिजुलीलाई पुनः ग्रिडमा पठाइँदैछ जसबाट हरित ऊर्जा उत्पादनमा सहयोग प्राप्त बइरहेको छ तथा बिजुलीको पारम्परिक श्रोतमाथि निर्भरता घट्दै गइरहेको छ। यस पहलबाट ऊर्जाको लागतमा ठूलो बचत तता पिक डिमाण्डमा निर्भरता कम हुने आशा छ। पारम्परिक श्रोतहरूबाट बिजुलीको खपतलाई घटाउन बाहेक यो परियोजनाले कार्बन उत्सर्जन औ समग्रमा कार्बन फ़ुटप्रिन्टलाई कम गर्नमा पनि मद्दत पुग्नेछ।

345 केडब्ल्यूपीको अन-ग्रिड रूफटप सोलर पावर प्लान्ट स्थापित हुनु पूसीरेद्वारा स्वच्छ ऊर्जा समाधान अप्नाउने तथा पर्यावरण अनुकूल पूर्वाधार विकसका लागि भइरहेका प्रयासहरूको एक भाग हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande