एसआईआर गणना चरण सम्पन्न: पाकिम जिल्लामा ९२.१७ प्रतिशत प्रमाणीकरण र ९२.२० प्रतिशत डिजिटाइजेसन पूरा
एसआईआर फाराम वितरण


पाकिम, 28 जून (हि.स.)। सिक्किम राज्यमा सञ्चालन गरिएको मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) २०२६ अन्तर्गत एक महिनाव्यापी गणना चरण आज सम्पन्न भएको छ। यस क्रममा पाकिम जिल्लाले प्रमाणीकरण अभियान सफलतापूर्वक सम्पन्न गर्दै ९२.१७ प्रतिशत प्रमाणीकरण र ९२.२० प्रतिशत डिजिटाइजेसन हासिल गरेको छ।

अन्तिम जिल्ला प्रतिवेदनअनुसार, प्रारम्भिक सूचीमा रहेका ८३,१११ योग्य मतदातामध्ये ७६,६२९ वटा गणना फाराम प्रमाणीकरण तथा 92.90 डिजिटाइजेसन हासिल गरिएको छ। जिल्लाभर परिचालित १०९ जना बुथ लेभल अफिसर (बीएलओ) मार्फत ८२,७०८ वटा गणना फाराम (९९.५२ प्रतिशत) मतदातालाई वितरण गरियो।

महिनाभर सञ्चालन गरिएको घरदैलो अभियानका क्रममा केवल दुई जना मतदाता (०.०० प्रतिशत) ले मात्र बीएलओबाट गणना फाराम प्राप्त वा सङ्कलन गर्न सकेनन्, जसले अभियानको व्यापक पहुँच र प्रभावकारिता पुष्टि गरेको बताइएको छ।

विशेष गहन पुनरीक्षण अभियान अन्तर्गत बीएलओहरूले शहरी क्षेत्र, ग्रामीण बस्ती तथा दुर्गम गाउँसम्म पुगेर घरदैलोमार्फत गणना फाराम वितरण, सङ्कलन तथा प्रमाणीकरण गरेका थिए। अभियानको सफलतामा जिल्ला निर्वाचन कार्यालय, निर्वाचन दर्ता अधिकारी, सहायक निर्वाचन दर्ता अधिकारी, सुपरभाइजर, बीएलओ, बुथ लेभल एजेन्ट तथा सर्वसाधारणको सक्रिय सहभागिता महत्वपूर्ण रहेको जनाइएको छ।

अब गणना चरण सम्पन्न भएसँगै निर्वाचन विभागले सङ्कलित तथा डिजिटाइज गरिएका गणना फारामहरूको परीक्षण, प्रमाणीकरण र प्रशोधन कार्य भारतीय निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिकाअनुसार अघि बढाउनेछ, जसपछि संशोधित मतदाता नामावली तयार गरी प्रकाशन गरिनेछ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande