प्रेस क्लब अफ सिक्किमको नवगठित कार्यकारी समितिलाई कार्यभार हस्तान्तरण
प्रेस क्लब अफ सिक्किमको नवगठित कार्यकारी समितिलाई कार्यभार हस्तान्तरण


गान्तोक, 28 जून (हि.स.)। प्रेस क्लब अफ सिक्किममा आइतबार औपचारिक कार्यभार हस्तान्तरण तथा पदग्रहण समारोह सम्पन्न भयो। यस समारोहमार्फत २०२४-२६ कार्यकालको निवर्तमान कार्यसमितिले २०२६-२८ कार्यकालका नवनिर्वाचित कार्यसमितिलाई आधिकारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो।

तादोङस्थित एमपी गोलाईमा रहेको प्रेस क्लब कार्यालयमा आयोजित समारोहमा निवर्तमान अध्यक्ष भीम राउत तथा निवर्तमान महासचिव डिल्लीराम दुलालले प्रेस क्लबका आधिकारिक कागजात र आर्थिक अभिलेख नवनिर्वाचित अध्यक्ष समीर हाङ लिम्बू तथा महासचिव होमनाथ दबाडीलाई हस्तान्तरण गरे।

उक्त अवसरमा नवनिर्वाचित १२ सदस्यीय कार्यसमितिका सबै सदस्यहरूको उपस्थिति रहेको थियो।

औपचारिक कार्यक्रम सम्पन्न भएपछि प्रेस क्लब अफ सिक्किमका सदस्यहरूले क्लब परिसरमा सरसफाई अभियान सञ्चालन गरेका थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande