पाँच वर्षीय छोराको आफ्नै आमाद्वारा हत्या
पाँच वर्षीय छोराको आफ्नै आमाद्वारा हत्या


बक्सा (असम), २८ जून (हि.स.)। असमको बक्सा जिल्लाको जोपाडङ दिरिङ्गापुर क्षेत्रमा पाँच वर्षीय बालकको आफ्नै आमाले निर्ममतापूर्वक हत्या गरेको घटना सार्वजनिक भएको छ।

पुलिस अनुसार, नेउसी बोरो नामकी महिलाले आफ्ना पाँच वर्षीय छोरा रणवीर सिंह बोरोलाई धारिलो हतियार (दाव) ले प्रहार गरी हत्या गरेकी हुन्। घटनाको जानकारी पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर बालकको शव आफ्नो नियन्त्रणमा लिई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।

आफ्नै पाँच वर्षीय छोराको हत्या गरेको आरोपमा पुलिसले आरोपी आमा नेउसी बोरोलाई पक्राउ गरेको छ। घटनासम्बन्धी हत्या मुद्दा दर्ता गरी पुलिसले पक्राउ परेकी महिलासँग गहन सोधपुछ गरिरहेको जनाएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande